विराटनगर । मोरङ, विराटनगरमा सम्पन्न नवौँ संस्करणको ‘मिस कोशी २०२५’ मा उर्लाबारीकी रजनी थापाले प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजेताको उपाधि हात पारेकी छन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा १६ जनामध्ये उत्कृष्ट प्रदर्शन गर्दै रजनीले मिस कोशीको मुकुट पहिरिएकी हुन् ।
विजेता थापाले १ लाख रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरिन् । प्रतियोगितामा बर्जु, सुनसरीकी दीपाञ्जली राई फस्ट रनर–अप, इनरुवाकी गरिमा शाशंकर (गुराँस) सेकेन्ड रनर–अप, काठमाडौंकी भुमिका नेपाल थर्ड रनर–अप तथा धरानकी दिया राई फोर्थ रनर–अप घोषित भए ।
उपाधिहरूमा सुन्दरहरैचाकी लक्ष्मी चौधरी ‘अर्गनाइजर च्वाइस’, अर्जुनधाराकी युनिका विश्वकर्मा ‘मिस पपुलर’, इटहरीकी अपेक्षा चौधरी ‘मिस पब्लिक च्वाइस’, बेलबारीकी सरु लिम्बू ‘मिस ब्युटी विथ ब्रेन’, रजनी थापा ‘मिस पर्सनालिटी’, युनिका विश्वकर्मा ‘मिस मल्टिमिडिया’ तथा गरिमा शाशंकर (गुराँस) ‘मिस ट्यालेन्ट’ बने ।
त्यस्तै, विराटनगरकी सिमरन साहु ‘मिस फोटोजेनिक’, दिया राई ‘मिस ब्युटिफुल स्माइल’, दीपाञ्जली राई ‘मिस ब्युटिफुल हेयर’, लक्ष्मी चौधरी ‘मिस इन्टेलेक्ट’, अपेक्षा चौधरी ‘मिस क्याटवक’, विराटनगरकी निमा राजवंशी ‘मिस फिजिक’, दीपिका शाह ‘मिस बेस्ट ट्रान्सफर्मेसन’ तथा भूमिका नेपाल ‘मिस रिफ्रेसिङ फेस’ घोषित भए।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्णायकको भूमिकामा डा. शिवेन्द्र झा, ऋषिदेव घिमिरे, मिस कोशी २०२४ की शुभलक्ष्मी राई तथा निर्माता–निर्देशक नितिनकुमार चन्दले भुमिका निर्वाह गरेका थिए ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend