बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

सऊदीलाई एफ–३५ बेच्दै अमेरिका: मध्यपुर्वमा सैन्य सन्तुलन फेरिने डर

सऊदीलाई एफ–३५ बेच्दै अमेरिका: मध्यपुर्वमा सैन्य सन्तुलन फेरिने डर

40
Shares
40
Shares

अमेरिका । अमेरिकाले सऊदी अरबलाई आफ्नो सबैभन्दा अत्याधुनिक मानिने एएफ–३५ स्टेल्थ लडाकु विमान बेच्न तयार भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले प्रविधि चोर्न सक्ने आशंका र मध्यपुर्वमा इस्रायलको सैन्य बढ्तालाई असर पार्न सक्ने चिन्ताबिच पनि यो निर्णय सार्वजनिक गरेका हुन् ।

ट्रम्पले व्हाइट हाउसमा सऊदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँगको भेटपछि एएफ–३५ निर्यात अनुमति प्रक्रिया अघि बढेको पुष्टि गरे। उनले सऊदी अरब “अमेरिकाको महत्वपुर्ण साझेदार” भएको उल्लेख गर्दै यस विमान बिक्रीलाई सहयोगी सम्बन्ध मजबुत गर्ने कदम बताए।

इस्रायली अधिकारीहरूले भने सऊदीलाई एएफ–३५ दिँदा इस्रायलको ‘क्वालिटेटिभ मिलिट्री एड्भान्टेज’ कमजोर हुने भन्दै आपत्ति जनाइरहेका छन्। इस्रायल हाल १९ देशहरूमध्ये एक हो जसले एएफ–३५ प्रयोग गरिरहेको छ।

अमेरिकी रक्षा विभागको एक रिपोर्टले पनि सऊदी–चीन नाताका कारण संवेदनशील एएफ–३५ प्रविधि चीनको पहुँचमा जाने चेतावनी दिएको बताइएको छ।

सऊदी अरब भने धेरै वर्षदेखि एएफ–३५ किन्न इच्छुक छ। सेनालाई आधुनिक बनाउने, इरानसँगको सम्भावित तनावमा रणनीतिक बढतिका साथै यमनमा चलिरहेको अनिश्चित द्वन्द्वका कारण पनि उसको रुचि बढेको हो ।

यद्यपि अन्तिम निर्णय अमेरिकी सांसदकै हातमा छ, जसले चाहेमा यो सौदा रोकिन सक्छ। तर ट्रम्पले स्पष्ट रूपमा सऊदीलाई विमान बिक्रीको पक्षमा रहेको जवाफ दिएका छन् ।

एएफ–३५ फाइभरथ जेनेरेशनको स्टेल्थ विमान हो, जसले रडार छल्न, दुष्मनलाई टाढैबाट पहिचान गर्न, उच्च क्षमताका सेंसर्फ्युजन र कम्प्युटिङ प्रणाली मार्फत युद्ध क्षमता बढाउन सक्छ। अमेरिकी एयरोस्पेस कम्पनी लकहिड मार्टिनका अनुसार यसलाई “दुनियाँको सबैभन्दा घातक र उन्नत लडाकु विमान” मानिन्छ।

एफ–३५ बिक्री फाइनलाइज भए मध्यपुर्वको सैन्य समीकरण सऊदीतर्फ झुक्ने सम्भावनाबारे इस्रायलका केही अधिकारी चिन्तित छन् । तर ट्रम्प प्रशासनले इस्रायल र सऊदी दुवैलाई ‘उत्तम विमान’ दिनुपर्ने धारणा व्यक्त गर्दै आफ्नो नीतिमा अडान लिएको छ ।

Photo by: Kaszynski

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend