बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सिमरा घटनापछि एमाले नेताको जिल्ला भ्रमण अवरुद्ध, कर्फ्यु आदेशले थप प्रश्न खडा

सिमरा घटनापछि एमाले नेताको जिल्ला भ्रमण अवरुद्ध, कर्फ्यु आदेशले थप प्रश्न खडा

42
Shares
42
Shares

बारा । बारामा एमालेको पुर्वनिर्धारित कार्यक्रममा स्थानीय युवाबाट अवरोध भएपछि राजनीतिक वृतमा तीव्र प्रतिक्रिया देखिएको छ । सिमरा विमानस्थल नजिक जेन–जी समुह र एमाले कार्यकर्ताबीच तनाव बढेपछि जिल्ला प्रशासनले दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु जारी गरेको हो ।

युवा सङ्घको ‘मधेश जागरण सभा’ सम्बोधनका लागि सिमरा हुँदै परवानीपुर जान लागेका एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको यात्रा हिंसा भड्किएपछि रोकिएको थियो। प्रशासनका अनुसार करिब १५० प्रदर्शनकारीले विमानस्थलबाहिर ढोका फुटाउने प्रयास गरेपछि सुरक्षा जोखिम बढेर कर्फ्यु लगाउनुपरेको हो ।

स्थिति सामान्य बन्दै गएको जनाउँदै प्रशासनले कर्फ्यु क्षेत्रमा ५०० मिटर भित्र आवतजावत पुर्ण रोक लगाएको छ। विमानस्थल अवरुद्ध भएपछि सिमराका आजका सबै उडान स्थगित भएका छन् ।

घटना राजनीतिक रूपमा संवेदनशील बन्दै गएकोछ। एमाले नेताहरूले सरकारले आफ्नो गतिविधि रोक्न खोजेको आरोप लगाएका छन् भने कांग्रेस नेताहरूले भ्रमण र अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित हुने कार्य नदोहो्र्‍याउन चेतावनी दिएका छन्। जेन–जी समुहका अगुवाले भने एमाले नेताहरूको आन्दोलनविरोधी टिप्पणीका कारण शान्तिपुर्ण विरोधमा उत्रिएको दाबी गरेका छन् ।

सुरक्षा निकायका अनुसार झडपमा सामान्य चोटपटक बाहेक कुनै पक्राउ भने गरिएको छैन।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend