काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचारको मार्ग तथा शान्तिपुर्ण सङ्घर्षलाई अघि सार्ने बताएका छन् ।
मंगलबार विघटित प्रतिनिधिसभामा एमाले सम्बद्ध सांसदहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले संसद् पुनर्स्थापना नै वर्तमान राजनीतिक गतिरोधको प्रमुख समाधान भएको बताए। उनले पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दर्ता गरेर जाने निर्णय पार्टीले गरेको जानकारी दिए ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संकटपुर्ण राजनीतिक अवस्थामा एमालेको भुमिका देशको भविष्यसँग गाँसिएको भएकाले सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । त्यसैगरी महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष छानबिन हुन आवश्यक रहेको बताए । बैठकमा थप छलफल जारी छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend