बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो दिनमै १२ दल दर्ताका लागि निवेदन

प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो दिनमै १२ दल दर्ताका लागि निवेदन

40
Shares
40
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार मात्र १२ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन पेश गरेका छन्। निर्वाचन आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत विभिन्न दलले आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै दर्ता निवेदन बुझाएका हुन्।

आयोगको राजनीतिक दल महाशाखाले दिएको जानकारीअनुसार राष्ट्रियसभा निर्वाचनका लागि पनि आजै तीन दलले निवेदन दर्ता गराएका छन्। फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते तय गरिएको राष्ट्रियसभा निर्वाचनका लागि आयोगले आजदेखि दल दर्ता निवेदन लिने प्रक्रिया सुरु गरेको हो।

यससँगै, आज एक नयाँ राजनीतिक दलले दर्ता प्रमाणपत्र पनि प्राप्त गरेको छ। राजेश पटेलको अध्यक्षतामा रहेको ‘परिवर्तन दल’लाई निर्वाचन आयोगले औपचारिक रूपमा दर्ता प्रमाणपत्र प्रदान गरेको जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend