बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

कर फाइलिङ सिजन २०२६ का लागि ठुलो परिवर्तन हुँदै: अहिलेदेखि तयारी गर्न विशेषज्ञको सुझाव

कर फाइलिङ सिजन २०२६ का लागि ठुलो परिवर्तन हुँदै: अहिलेदेखि तयारी गर्न विशेषज्ञको सुझाव

96
Shares
96
Shares

कोलोराडो । २०२५ मा भएका ठुला कर सम्बन्धी परिवर्तनपछि अब २०२६ को कर फाइलिङ सिजनका लागि अहिलेबाटै तयारी गर्न कर विशेषज्ञहरूले करदातालाई सुझाव दिएका छन् ।

अमेरिकन इन्स्टिट्यूट अफ सीपीए (AICPA) का वित्तीय योजना निर्देशक ड्यान स्नाइडरका अनुसार, “यो वर्ष सकिनुअघि आवश्यक कदम चाल्न सके २०२६ मा तपाईंको वित्तीय स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन सक्छ।” उनले बताएअनुसार यस वर्ष कर तथा वित्तीय योजनामा धेरै परिवर्तन भएकाले करदाताले अबैदेखि आवश्यक जानकारी लिएर योजना बनाउनुपर्छ।

IRS Direct File सेवा बन्द हुँदै
२०२५ का लागि निःशुल्करूपमा इलेक्ट्रोनिक कर फाइलिङ गर्न दिएको IRS Direct File सेवा अब आगामी वर्ष उपलब्ध नहुने भएको छ। ट्रम्प प्रशासनले यस महिना यसको समाप्ति पुष्टि गरेको हो।

यो कार्यक्रम जो बाइडेन प्रशासनका समयमा सुरु भएको थियो र प्रयोगकर्ताहरूले सजिलो, छिटो र सस्तो भएको भन्दै प्रशंसा गरेका थिए। तर रिपब्लिकन सांसद तथा व्यावसायिक कर तयारी कम्पनीहरूले यसलाई अनावश्यक खर्च भन्दै आलोचना गर्दै आएका थिए।

अहिलेका ट्रेजरी सेक्रेटरी तथा IRS कमिश्नर स्कट बेसन्टले Direct File को सट्टा ‘बेहतर विकल्प’ रहेको भन्दै निजी क्षेत्र यसमा अझ प्रभावकारी हुन सक्ने टिप्पणी गरे । २०२५ सिजनमा Direct File मार्फत २९६,५३१ जनाले कर फाइल गरेका थिए, जुन २०२४ को १,४०,८०३ भन्दा दोब्बर वृद्धि हो।

२०२६ का लागि कर तयारीमा ध्यान दिनुपर्ने मुख्य बुँदाहरू
१. नयाँ स्ट्यान्डर्ड डिडक्सन र वरिष्ठ करदाताका लागि बोनस कटौती
ट्रम्प प्रशासनको One, Big, Beautiful Bill Act अनुसार २०२६ मा स्ट्यान्डर्ड डिडक्सन थप बढ्नेछ। साथै योग्य वरिष्ठ नागरिकले अतिरिक्त ६,००० डलर बोनस कटौती पाउनेछन्।

AICPA ले करदाताहरूलाई सम्भव भए एकैपटक धेरै वर्षका आइटमाइज्ड डिडक्सन ‘बञ्चिङ’ गरेर हेर्न सुझाव दिएको छ, ताकि स्ट्यान्डर्ड डिडक्सनभन्दा बढी बचत हुन सक्छ कि भनेर तुलना गर्न सकियोस् । २०२६ मा कर फाइलरहरूमध्ये करिब ८६% ले स्ट्यान्डर्ड डिडक्सन लिन सक्ने Tax Foundation को अनुमान छ ।

२. दान कटौतीका नयाँ सीमाहरू
२०२६ देखि दान (charitable giving) सम्बन्धी नयाँ नियम लागु हुनेछ । स्ट्यान्डर्ड डिडक्सन लिनेहरू पनि एकल व्यक्तिका लागि $1,000 र दम्पतीले संयुक्त रूपमा फाइल गर्दा $2,000 सम्मको दान कटौती लिन सक्नेछन्।

उच्च आय वर्गका करदाताका लागि भने थप नयाँ सीमा लागू हुनेछ—जहाँ Adjusted Gross Income (AGI) को 0.5% भन्दा बढीका दान मात्र कटौतीयोग्य हुनेछन् । यसैले धेरैले नयाँ नियम लागु हुनु अघि, डिसेम्बर ३१ भित्र दान गर्न सुझाइएको छ ।

३. अमेरिकामा बनेका सवारी खरिद गर्दा ब्याज कटौती
अमेरिकामा उत्पादन भएको र अमेरिकामा नै असेंबल भएको कार किनेका करदाताले अटो–लोनको ब्याजमा $10,000 सम्म कटौती पाउन सक्छन् । यो सुविधा $100,000 भन्दा बढी आय हुने व्यक्तिहरू (दम्पतीका लागि $200,000) का लागि चरणबद्ध रूपमा समाप्त हुन्छ।

४. कर योजना बनाउन विशेषज्ञसँग परामर्श गर्न सिफारिस
स्नाइडरले करदाताहरूलाई २०२६ का लागि कर तथा व्यक्तिगत वित्तीय रणनीति बनाउन जति सक्दो चाँडो CPA वा व्यक्तिगत वित्त विशेषज्ञसँग परामर्श गर्न आग्रह गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend