बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

SNAP कार्यक्रममा अब सबैले पुनः दर्ता गर्नुपर्ने: अमेरिकी कृषि सचिव रोलिन्स

SNAP कार्यक्रममा अब सबैले पुनः दर्ता गर्नुपर्ने: अमेरिकी कृषि सचिव रोलिन्स

64
Shares
64
Shares

वासिङ्टन — अमेरिकी कृषि सचिव ब्रुक रोलिन्सले ट्रम्प प्रशासनले ‘धोखाधडीका व्यापक आशंकाका कारण’ सबै एसएनएपी (SNAP) लाभार्थीलाई पुनः दर्ता प्रक्रियामा सहभागी गराउने तयारी गरेको बताएकी छन्।

रोलिन्सका अनुसार २९ वटा रिपब्लिकन बहुल राज्यबाट प्राप्त विवरणमा १ लाख ८६ हजार मृतक व्यक्तिहरूले समेत एसएनएपी चेक पाउँदै आएको तथ्य सार्वजनिक भएको छ। उनले प्रश्न गर्दै भनिन्, “यदि ब्लु स्टेट (डेमोक्रेटिक) हरूको डाटा हात पर्‍यो भने के–कस्ता तथ्य खुल्ने होला कल्पना गर्न सक्नुहुन्छ?”

उनले न्युज म्याक्सको रव स्मिट टुनाइट (Rob Schmitt Tonight) मा भनिन्, “यो तथ्याङ्कले हामीलाई कार्यक्रमलाई आधारदेखि पुनर्संरचना गर्न, सबैलाई पुनः दर्ता गराउन र करदाताको धनबाट चल्ने खाद्य सहायता वास्तविक रूपमा आवश्यकता भएकाहरूलाई मात्र जाने निश्चित गर्न एउटा ठुलो आधार दिनेछ।”

कृषि विभाग (USDA) का अनुसार प्रत्येक राज्यमा एसएनएपी लाभ लिने व्यक्तिहरूले ६ देखि १२ महिनामा आफ्नो ठेगाना, आय तथा अन्य विवरण अद्यावधिक गर्नै पर्छ।

युएसडीएका प्रवक्ताले भने, “सचिव रोलिन्स एसएनएपीमा भइरहेको धोखा धडी, दुरुपयोग र अनियमितता अन्त्य गर्न चाहन्छिन् । विगतमा धोखाधडीको दर अनुमानमा आधारित थियो, तर राष्ट्रपति ट्रम्पले यसबारे वास्तविक कदम चालिरहेका छन् ।”

यसै महिना सरकार बन्दको असरसँगै खाद्य कुपन कार्यक्रम प्रभावित बन्ने खतरा देखिएको थियो। तर रोलिन्सले बिहीबार भनेकी छन्, “परिवार र व्यक्तिहरूले सोमबारसम्म आफ्नो पुर्ण लाभ पाउनेछन्।” अमेरिकी बजेट तथा नीति प्राथमिकता केन्द्रका अनुसार ४१ मिलियनभन्दा बढी अमेरिकी नागरिक खाद्य किनमेलका लागि एसएनएपी लाभमा निर्भर छन् ।

Agriculture Secretary Brooke Rollins

रोलिन्सले नियुजम्याक्सलाई १२० जना व्यक्तिलाई एसएनएपी धोखाधडीका आरोपमा पक्राउ गरिएको बताइन् । सीएनएनसँगको कुराकानीमा उनले कार्यक्रमलाई “भ्रष्ट” समेत भनेकी छन् । उनको भनाइ अनुसार, “यी समस्याहरू विगतमा कसैले गहिरो रूपमा छानबिन गरेनन्, किनकि संघीय सरकारसँग त्यसका लागि आवश्यक प्रणाली नै थिएन। अब भने हामीसँग क्षमता छ।” उनले थपिन्, “राष्ट्रपतिले यसलाई प्राथमिकतामा राखेका छन्। हामी यो कार्यक्रम सुधार्नेछौँ।”

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend