बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

धनुषामा वडाध्यक्षको गोली हानी हत्या

धनुषामा वडाध्यक्षको गोली हानी हत्या

44
Shares
44
Shares

धनुषा — धनुषामा एक वडाध्यक्षलाई गोली प्रहार गरी हत्या गरिएको छ। मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको शुक्रबार राति गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ।

प्रहरीका अनुसार गाउँमै कार्यरत प्रहरी जवान शम्भु यादवले वडाध्यक्ष यादवमाथि गोली चलाएका थिए। गोली प्रहारको घटनापछि अभियुक्त यादवलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

स्थानीयका अनुसार गाउँमा चलिरहेको श्राद्धको भोजका क्रममा दुई पक्षबीच उत्पन्न विवाद समाधान गर्न वडाध्यक्ष बिन्देश्वर यादव त्यहाँ पुगेका थिए। त्यतिखेर स्थिति अचानक तनावपूर्ण बन्दै जाँदा उनलाई गोली हानी हत्या गरिएको बताइएको छ।

हत्या भएका वडाध्यक्षको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। धनुषा प्रहरीले घटना सम्बन्धी थप विवरण संकलन भइरहेको जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend