काठमाडौं । गृहमन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ। आइतबार ५८ जना सहसचिव र उपसचिवको सरुवासँगै यी सात जिल्लाका सीडीओहरू पनि परिवर्तन भएका हुन् ।
आनन्द सारु दैलेखका नयाँ सीडीओ बनेका छन् भने पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्री नियुक्त भएका छन् । त्यस्तै, बद्रीनाथ गैह्रे गुल्मी, दीपक पौडेल जुम्ला, अजिता शर्मा मुस्ताङ र कल्पना घिमिरे नेपाल डोटीका प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएका छन् ।
सुचि:
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend