बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

दिल्लीको लालकिल्ला मेट्रो स्टेशन बाहिर भीषण विस्फोट, आठको मृत्यु

दिल्लीको लालकिल्ला मेट्रो स्टेशन बाहिर भीषण विस्फोट, आठको मृत्यु

53
Shares
53
Shares

नयाँ दिल्ली — राजधानी दिल्लीको ऐतिहासिक लालकिल्ला मेट्रो स्टेशन बाहिर सोमबार साँझ शक्तिशाली कार विस्फोट हुँदा कम्तीमा आठ जनाले ज्यान गुमाएका छन्। विस्फोटमा कैयौँ घाइते भएका छन् भने छ वटा गाडी पूर्णरूपमा जलेका छन्। राति ६:५५ बजे गेट नम्बर १ नजिक अचानक आवाजसहित आगलागी भएको प्रत्यक्षदर्शीहरू बताउँछन्। घटनास्थलमा दमकलका सात गाडी पुगेका थिए।

घटनाको कारण हालसम्म खुलासा भएको छैन। अनुसन्धानमा एफएसएल, एनआईए र एनएसजीको टोली खटिएका छन्। दिल्ली प्रहरीका प्रमुख सतीश गोलचाले सडकमा बढी भीड भएको बेला रेड लाइटमा रोकिएका सवारीसाधनबीच विस्फोट भएको पुष्टि गरेका छन्।

घाइतेहरूलाई एलएनजेपी अस्पतालमा भर्ना गरिएको छ। केही दिन अघि फरिदाबादमा ठूलो मात्रामा विस्फोटक र हतियार फेला परेको घटनाले दिल्ली अझ सतर्क बनेको छ।

गत घटनामा पक्राउ परेका जम्मु–कश्मीरका चिकित्सकमाथि पाकिस्तानको आतंकवादी समूह ‘जैश–ए–मोहम्मद’ सँग सम्बन्ध रहेको आरोप छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend