काठमाडौं – नेपाली समाजको पारिवारिक कथा समेटिएको चलचित्र ‘परान’ ले दर्शकको मन जित्दै हलहरूमा ठुलो संख्यामा दर्शक तानिरहेको छ । सामाजिक सञ्जालमा समेत फिल्मको कथावस्तुको तारिफ भइरहेको छ।
जीवनको उत्तरार्धमा सन्तानको साथ खोजिरहेका एक बाबुको कथामा आधारित यस फिल्ममा नीर शाह ले शीर्ष भूमिका निभाएका छन्। उनको अभिनय र भावनात्मक कथावस्तुका कारण फिल्मले सबै उमेर समुहका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
फिल्मको सन्देशबाट प्रभावित भई अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना कर्मचारी र डिलरहरूको लागि विशेष ‘कर्पोरेश शो’ आयोजना गर्यो। फिल्म हेरिसकेपछि महाप्रबन्धक रमेश थापाले फिल्मले ‘आफ्नै घरको कथा’ र ‘गाउँ रित्तिँदै गएको’ यथार्थलाई समेटेर महत्त्वपुर्ण सामाजिक सन्देश दिएको बताए ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend