बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बाढी–पहिरोबाट तीन अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमा दाबी

बाढी–पहिरोबाट तीन अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमा दाबी

29
Shares
29
Shares

काठमाडौं । गत असोजमा भएको बाढी र पहिरोका कारण तीन अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ।
असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले देशभर जनधनमा ठुलो क्षति पुर्‍याएको थियो। बीमा प्राधिकरणका अनुसार हालसम्म कुल ४३४ वटा बीमा दाबीका आवेदन दर्ता भएका छन् ।

दाबीमध्ये सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, निजीसवारी मोटर बीमा ३७, सार्वजनिक मोटर बीमा १०, अन्य बीमा एक र सामुन्द्रिक बीमा तीन वटा छन् ।

३७ जिल्लाबाट दाबीका आवेदन परेका छन्, जसमा सबैभन्दा धेरै १९७ वटा सुनसरी जिल्लाबाट दर्ता भएका छन्। इलाममा ६०, काठमाडौंमा ८०, मोरङमा ९०, झापामा २०, पर्सामा ७१ र रौतहटमा २८ वटा बीमा दाबीका आवेदन परेका छन् ।

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको थियो, भने असारमा आएको बाढी–पहिरोका कारण ९८ करोड ५९ लाख रुपैयाँको बीमा दाबी दर्ता भएको थियो ।

हाल देशभरका १४ निर्जीवन बीमा कम्पनी र ४ निर्जीवन लघुबीमा कम्पनीमा यस्ता बीमा दाबीका आवेदन परेका छन्। प्राकृतिक विपद्बाट हुने क्षति बढेसँगै बीमा दाबीको संख्या पनि तीव्र रूपमा बढ्दै गएको प्राधिकरणले जनाएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend