बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

‘रगत नबग्ने’ चुनाव गराउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

‘रगत नबग्ने’ चुनाव गराउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

46
Shares
46
Shares

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनमा एक जना पनि घाइते नहोस् र एक थोपा रगत पनि नबगोस् भन्ने सुनिश्चित गर्दै चुनाव सम्पन्न गराउने सरकारको प्रयास रहेको बताउनुभएको छ।

बिहीबार ‘द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स’ (आन्फ्रेल) का प्रतिनिधिहरूसँग भेटवार्तामा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। थाइल्यान्डको बैंककमा मुख्यालय रहेको आन्फ्रेलको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्याङ्कन गर्न काठमाडौँ आइपुगेको छ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य चुनाव गराउनु हो, त्यसकै तयारीमा केन्द्रित छौँ।” उहाँले स्वस्थ र निष्पक्ष निर्वाचनका लागि नागरिक समाज र पर्यवेक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

भेटमा सहभागी ‘नियोक’ का पदाधिकारीहरूले पहिलो पटक मतदान गर्ने युवा मतदाताको उत्साहलाई मध्यनजर गर्दै मतदाता शिक्षामा विशेष ध्यान दिन सरकारलाई सुझाव दिएका छन्। आगामी फागुन २१ गते तोकिएको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार तयारीमा जुटेको जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend