काठमाडौं । चर्चित चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतकी आमाको ७१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मृगौलाको समस्या भोगिरहेकी आमाको स्वास्थ्य पछिल्ला दिनमा झन् जटिल बनेको थियो ।
करीब १५ वर्षदेखि मृगौलाको रोगसँग लडिरहेकी उनी पछिल्लो समयमा निमोनियाबाट पनि ग्रसित थिइन् । उपचारका क्रममा आज उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।
निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक तथा कलाकारका रूपमा परिचित छन् । आमाको निधनले बस्नेत परिवार शोकाकुल भएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend