मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

अर्जुनधारामा संसद् पुनर्स्थापनाको मागसहित एमालेद्वारा विशाल मोटरसाइकल र्‍याली

अर्जुनधारामा संसद् पुनर्स्थापनाको मागसहित एमालेद्वारा विशाल मोटरसाइकल र्‍याली

29
Shares
29
Shares

बिर्तामोड । संसद् पुनर्स्थापनाको मागसहित झापाको अर्जुनधारामा नेकपा (एमाले) र राष्ट्रिय युवा संघ नेपाल, अर्जुनधारा नगर कमिटीले संयुक्त रूपमा विशाल मोटरसाइकल र्‍याली आयोजना गरेको छ।

अर्जुनधारा–६ स्थित महानन्दचोकबाट सुरु भएको र्‍याली खुदुनावारीसम्म पुगेको थियो। सहभागीहरूले ‘असंवैधानिक सरकार मुर्दावाद’ र ‘विगठित संसद् पुनर्स्थापना गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।

र्‍यालीपछि शनिश्चरे चोक र खुदुवारीमा आयोजित कोणसभालाई एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी र अनेरास्ववियु कोशी प्रदेश संयोजक नारायण पोखरेलले सम्बोधन गरे।

एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापनामार्फत मात्रै देशलाई राजनीतिक निकास दिन सकिने बताए । उनका अनुसार, एमाले कहिल्यै निर्वाचनबाट नभागे पनि सरकारले निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाए। उनले भने, “लुटिएका हतियार र फरार कैदी नियन्त्रणमा नलिएसम्म स्वतन्त्र र सुरक्षित निर्वाचन सम्भव छैन।”

गिरीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई गलत ढंगले प्रयोग गरी देशलाई अस्थिर बनाउने प्रयास भएको बताए। उनले राष्ट्रप्रेमीहरूलाई एकताबद्ध हुन र संविधानविरोधी गतिविधिबाट सचेत रहन आह्वान गरे।

एमाले अर्जुनधारा नगर कमिटी अध्यक्ष बिर्ख प्रधानले जेनजी पुस्ताको माग उचित भए पनि त्यसमा घुसपैठ गरी अपराध गर्नेहरूलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने बताए। उनले भने, “अपराधीहरू उन्मुक्त रहँदा जनतामा भय कायम रहन्छ।”

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend