जनकपुरधाम । कार्यकक्षमै खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि तीव्र आलोचनाको सामना गरिरहेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।
चौधरीको कार्यकक्षभित्र वडाध्यक्षलाई खुट्टा मालिस गर्न लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादमा आएका थिए। त्यसपछि उनले उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
आज बसेको गाउँ कार्यपालिकाको बैठकले चौधरीको राजीनामा स्वीकृत गरेको गाउँपालिकाले जनाएको छ। चौधरी नेकपा (एमाले)बाट निर्वाचित भएका थिए।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend