काठमाडौं । जेन–जी अभियन्ता रक्षा बमलाई मन्त्री बन्नबाट रोकेको भन्ने अभिव्यक्ति रहेको संस्थापक सुदन गुरुङको भनिएको अडियो सार्वजनिक भएको छ । आइतबार नेपाल प्रेस अनलाइनले सो अडियो सार्वजनिक गरेको हो ।
अडिओमा सुदुरपश्चिमका जेन–जी युवाहरू र सुदन गुरुङबीचको संवाद सुनिन्छ । उनीहरूले सुदुरपश्चिमबाट कोही मन्त्री नबनेको विषयमा असन्तुष्टि व्यक्त गर्छन् । त्यसपछि सुदनको आवाजमा भनिन्छ, “रक्षा बमलाई हामीले रोकेको हो । उसको एनजिओ, आइएनजिओमा नाम मुछिएपछि रोकेको हो ।”
उनले मन्त्री चयनका क्रममा सुदुरपश्चिमका युवासँग परामर्श नगरेकाले पनि रोकिएको दाबी गरेका छन् । अडियोमा सुदनले थप भनेका छन्, “रक्षा बम हुनु हुँदैन भनेर हामीले भनेका हौं । सोध्नुपर्थ्यो नि यार, सुदुरपश्चिमको यत्रो टिम छ ।”
त्यसै संवादमा केही आवाजहरूले रक्षा बमको अतीत र उनको एनजिओ संलग्नता बारे पनि टिप्पणी गरेका छन्। अडिओमा सुदनले गृहमन्त्री ओमप्रकाश अर्यालले पनि यस विषयमा भुमिका खेलेको दाबी गरेका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend