बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिने तयारी, आवेदन खुला

घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिने तयारी, आवेदन खुला

24
Shares
24
Shares

काठमाडौँ — भुमि व्यवस्थापन तथा अभिलेख विभागले अब घरजग्गा कारोबार गर्ने कम्पनीहरूलाई अनुमतिपत्र (लाइसेन्स) प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ ।

विभागले सार्वजनिक सुचना जारी गर्दै तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीहरूलाई अनुमतिपत्र प्रदान गर्न आवेदन खुला गरेको जनाएको छ । इच्छुक कम्पनीहरूले एक महिनाभित्र आवेदन दिन सक्नेछन् ।

विभागका अनुसार, एकपटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीले पाँच लाख रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने पाँच करोडभन्दा बढी कारोबार गर्ने कम्पनीले १० लाख रुपैयाँसम्मको शुल्क बुझाउनुपर्नेछ ।

यसअघि सरकारले असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र लिन सक्ने कानुनी व्यवस्था गरेको थियो । सो सुचनाअनुसार प्रारम्भिक चरणमा छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्रका रूपमा चयन गरिएको छ । यस कदमपछि घरजग्गा कारोबारमा पारदर्शिता, नियमन र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको विभागले जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend