बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन अध्यादेशको तयारी

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन अध्यादेशको तयारी

104
Shares
104
Shares

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने उद्देश्यले अध्यादेशको मस्यौदा तयार गरी निर्वाचन आयोगसँग परामर्श सुरु गरेको छ । ६ वर्षअघिको सर्वोच्च अदालतको परमादेश र जेन–जी (Gen-Z) समुहको मागलाई सम्बोधन गर्न गृह मन्त्रालयले उक्त मस्यौदा तयार पारेको हो ।

मस्यौदामा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूमा मतदान केन्द्र तोकी मतदान गर्ने व्यवस्था मिलाइने उल्लेख छ। साथै, योग्य मतदाताको नामावली संकलन, अनलाइन फारम भर्ने सुविधा र मतदान अधिकृत नियुक्त गर्ने प्रक्रियासमेत समावेश गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोगले मतदान गराउन सक्ने वा नसक्नेबारे व्यवस्थापकीय र प्राविधिक पक्षमा आन्तरिक छलफल गरिरहेको छ। आयोगले अन्य मुलुकका अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययनसमेत गरिरहेको र एक–दुई दिनभित्र गृह मन्त्रालयलाई आफ्नो सुझाव पठाउने तयारी गरेको उनले बताए ।

यो व्यवस्थाले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न सक्ने बाटो खोल्नेछ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend