बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एअर अरेबियाको लापरबाही: तोकिएको समयभन्दा ६ घण्टाअघि जहाज उड्दा ४० भन्दा बढी यात्रु छुटे

एअर अरेबियाको लापरबाही: तोकिएको समयभन्दा ६ घण्टाअघि जहाज उड्दा ४० भन्दा बढी यात्रु छुटे

39
Shares
39
Shares

काठमाडौं । एअर अरेबियाको विमानले तोकिएको समयभन्दा झन्डै ६ घण्टाअघि नै उडान भरेपछि करिब ४० देखि ४५ जना यात्रु छुटेका छन्।

अबुधाबीका लागि सोमबार दिउँसो ३:१५ बजे उड्ने तालिका भएको जहाज बिहानै ९ बजे उडेको यात्रुहरूले बताएका छन्। दिउँसो १२ बजे चेकइनका लागि त्रिभुवन विमानस्थल पुगेका यात्रुहरूलाई काउन्टरमा ‘जहाज त बिहान नै उडिसक्यो’ भनेर जानकारी दिइएको थियो।

यात्रुहरूले उडान समय परिवर्तनबारे कुनै सूचना नपाएको गुनासो गरेका छन्। केही यात्रुका अनुसार, एयरलाइन्सका कर्मचारीले सहयोग गर्नुको सट्टा टिकट एजेन्टलाई दोषारोप मात्र गरेका थिए।

विरोध प्रदर्शनका क्रममा यात्रु र एयरलाइन्सका कर्मचारीबीच धकेलाधकेलसमेत भएको थियो। केही यात्रुका आफन्तका अनुसार, सिभिल ड्रेसमा रहेका दुई व्यक्तिले यात्रुहरूमाथि हातपात गरेका थिए र आफुलाई ‘डीएसपी’ भनेर परिचय दिएका थिए, तर उनीहरू प्रहरी हुन् कि होइनन् भन्ने पुष्टि भएको छैन।

यात्रुहरूले उडान परिवर्तनको सूचना नदिनु र धम्क्याउने व्यवहारलाई एयर अरेबियाको चरम लापरबाही भन्दै कारबाहीको माग गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend