काठमाडौं, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
देउवा आफ्नी पत्नी आरजु राणा देउवासहित थप उपचार गराउन सोमबार राति ११:०५ बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उल्लेखनीय छ, गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा भएको ‘जेनजी’ (Gen-Z) आन्दोलनको क्रममा देउवा दम्पती आन्दोलनकारीको आक्रमणमा परेका थिए। सोही घटनापछि देउवा दम्पती उपचारमा संलग्न छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend