मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

गृह मन्त्रालयले गर्‍यो ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर

गृह मन्त्रालयले गर्‍यो ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर

75
Shares
75
Shares

काठमाडौं । गृह मन्त्रालयले आइतबार ३६ जना सहसचिवको व्यापक सरुवा गरेको छ, जससँगै ३० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।

मुख्य परिवर्तनहरू:
ललितपुर: यहाँका सीडीओ सुमन घिमिरेलाई सरुवा गरी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाइएको छ। प्रेमप्रसाद भट्टराई अब ललितपुरको नयाँ सीडीओ बनेका छन्।
भक्तपुर: भक्तपुरमा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ। यसअघिका सीडीओ नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा गएका छन्।

अन्य केही सीडीओहरूको सरुवा:
रुपन्देहीका टोकराज पाण्डे अब लमजुङ गएका छन्।
कैलालीका कृष्णप्रसाद लम्साल नवलपरासी पुगेका छन्।
नवलपरासीका हिरालाल रेग्मीलाई कैलाली सरुवा गरिएको छ।
महोत्तरीका नारायणप्रसाद रिसाल अब दोलखा पुगेका छन्।
दोलखाका भोला दाहाललाई पर्सा पठाइएको छ।
पर्साका तोयानारायण सुवेदी अर्घाखाँची गएका छन्।
उदयपुरका प्रेमप्रसाद लुईँटेल धनुषा सरुवा भएका छन्।

 

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend