बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

‘गफ होइन, काम गरेर देखाउँछु’: युवा तथा खेलकुद मन्त्री गुप्ताको प्रतिबद्धता

‘गफ होइन, काम गरेर देखाउँछु’: युवा तथा खेलकुद मन्त्री गुप्ताको प्रतिबद्धता

43
Shares
43
Shares

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आइतबार पदभार ग्रहण गर्दै आफु गफमा होइन, काम गरेर परिणाम देखाउने पक्षमा रहेको बताएका छन् ।

सिंहदरबारमा पदभार सम्हाल्दै उनले विगतमा मन्त्रीहरूले धेरै बोलेर काम नगर्दा मुलुकमा समस्या आएको भन्दै आफूसँग भएको सीमित समय र स्रोतलाई अधिकतम प्रयोग गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । युवाका मागहरू सुनी व्यवहारिक रूपमा कार्यान्वयन गर्नका लागि मन्त्रालयको टिमसँग छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।

मन्त्री गुप्ताले कार्यभार सम्हाल्ने क्रममा मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूलाई ‘लाइभ (प्रत्यक्ष प्रसारण)’ गर्ने पहिलो निर्णय गरेका छन्। उनले काम गरिसकेपछि मात्रै निर्णयहरू सार्वजनिक गर्ने र युवाका विषयलाई कार्यान्वयनतर्फ लैजान काम गर्ने बताए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend