बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

माइतीघर प्रदर्शनमा बालबालिकाको संलग्नता, काठको हातहतियार फेला – प्रहरीले सचेत गरायो

माइतीघर प्रदर्शनमा बालबालिकाको संलग्नता, काठको हातहतियार फेला – प्रहरीले सचेत गरायो

46
Shares
46
Shares

काठमाडौं — काठमाडौंको माइतीघरमा शुक्रबार प्रदर्शन गर्दै गरेका ७६ जनालाई अनुमति विना प्रदर्शन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये एकजनाको साथमा बन्दुकजस्तो देखिने काठको टुक्रा फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, भीमकुमार राईको साथबाट ५ थान बन्दुकको आकारमा बनाएको काठ बरामद भएको हो। उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ भने बाँकी ७५ जनालाई छाडिएको छ। एसपी भट्टराईले प्रदर्शनमा सहभागीमध्ये ११ जना बालबालिका रहेको बताए।

‘जेन-जी युनाइटेड परिवर्तन’ संस्थाको नाममा स्थानीय प्रशासनको अनुमति नलिई कार्यक्रम गरिएको भन्दै प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो। गृह मन्त्रालयले जेन-जी समूहका मागबारे छलफल गर्न बताए पनि प्रदर्शनमा बालबालिकाको प्रयोग हुँदै आएकोमा अभिभावक सचेत हुनुपर्ने एसपी भट्टराईले बताए। उनले स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्दा र जेन-जीका अन्य समूहहरूसँग सम्भावित मुठभेडको जोखिम रहेकाले प्रदर्शनकारीलाई सोधपुछपछि साँझ छाडिएको जानकारी दिए। पक्राउ परेकामध्ये ४० जना पुरुष र ३६ जना महिला थिए।

‘जेन-जी युनाइटेड परिवर्तन’ का अगुवा मदन कार्कीले प्रदर्शनको लागि जिल्ला प्रशासनमा अनुमति माग्दा नपाएको दाबी गरे। माइतीघरमा भएको उक्त प्रदर्शनमा जेन-जी समुह एक हुनुपर्छ, भ्रष्टाचार शुन्य बनाउनुपर्छ, प्रत्यक्ष निर्वाचन प्रणाली र उत्तरदायी राजनीतिजस्ता प्रमुख मागहरू राखिएका थिए।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend