काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यवसायी दुर्गा प्रसाईंलाई कुनै पनि प्रमाणबिना जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिएका छन् ।
मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै प्रसाईंलाई सचेत गराएका छन्। उनले लेखेका छन्, “दुर्गा भाई, बिनाप्रमाण व्यक्तिहरूलाई दोषारोपण गर्दा भविष्यमा घाटा अरूलाई नभई आफुलाई नै हुनेछ ।”
मन्त्री पुनले विशेषगरी विश्वप्रसिद्ध आँखाका चिकित्सक तथा समाजसेवी डा. सन्दुक रुइतको नाम जोडेर दिइएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले अगाडि लेखेका छन्, “डा. सन्दुक रुइतजस्ता विश्वप्रसिद्ध आँखाका चिकित्सक र समाजसेवीलाई बदनाम गर्नु अनावश्यक र गलत हो। दुर्गा भाईलाई सबैले चिन्नु पर्ने छ ।”
मन्त्री पुनको यो टिप्पणी व्यवसायी दुर्गा प्रसाईंले हालै डा. सन्दुक रुइतबारे दिएको विवादास्पद अभिव्यक्तिपछि आएको हो ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend