बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

तीन विदेशी आरोहीले नुम्बुर हिमालको पहिलो सफल आरोहण गर्दै रचे इतिहास

तीन विदेशी आरोहीले नुम्बुर हिमालको पहिलो सफल आरोहण गर्दै रचे इतिहास

43
Shares
43
Shares

सोलुखुम्बु — सोलुखुम्बुको नुम्बुर हिमाल पहिलो पटक तीन विदेशी आरोहीहरूले सफलतापूर्वक आरोहण गरेका छन्। ६ हजार ९५८ मिटर उचाइमा रहेको यस हिमालमा सेभेन समिट ट्रेकका आरोहीहरूले करिब १५ घण्टा लगाएर आइतबार बिहान साढे १० बजे सफल आरोहण पुरा गरेका हुन् ।

पर्यटन विभागले अघिल्लो वर्ष नुम्बुर हिमाल आरोहण खुला गरेसँगै यस सिजनमा इटालीका हर्भ, जर्मनीका फेलिक्स र पोल्याण्डका आडम नामक तीन आरोहीले संयुक्त रूपमा हिमाल शिखरमा पाइला टेकेका हुन् ।

यो ऐतिहासिक सफलताले नुम्बुर हिमालको आरोहण इतिहासमा नयाँ अध्याय लेखिएको पर्यटन व्यवसायी फुछिरी शेर्पाले बताएका छन्। उनका अनुसार, यो हिमालको पहिलो सफल आरोहणले सोलुखुम्बुमा साहसिक पर्यटन (adventure tourism) को सम्भावना थप विस्तार गरेको छ।

सोलुदुधकुण्ड नगरपालिकाको पहलमा पर्यटन विभागले आरोहण अनुमति दिएपछि सेभेन समिट ट्रेकको टोलीले तयारी गरेको थियो। सफल आरोहणपछि वडाध्यक्ष छोङ्बा शेर्पा, दुधकुण्ड सामुदायिक वनका अध्यक्ष ङति शेर्पा, अन्तर्राष्ट्रिय धावक दाछिरी दावा शेर्पा र पर्यटन व्यवसायी फुछिरी शेर्पाले आरोही टोलीलाई संयुक्त रूपमा स्वागत र सम्मान गरेका थिए।

सोलुदुधकुण्ड नगरपालिका–१ मा अवस्थित नुम्बुर हिमाल दुधकुण्ड तालको शिरमा रहेको छ। नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नुम्बुर हिमालको सफल आरोहणले सोलुखुम्बुको पर्यटन क्षेत्रमा नयाँ ढोका खोलेको र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend