बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ढुंगा हानेको प्रमाणित भए सजाय भोग्छु: अभिनेता निश्चल बस्नेत

ढुंगा हानेको प्रमाणित भए सजाय भोग्छु: अभिनेता निश्चल बस्नेत

98
Shares
98
Shares

काठमाडौं । अभिनेता निश्चल बस्नेतले आफुमाथि लागेको ‘जेन-जी आन्दोलन’का क्रममा ढुङ्गा हानेको र आगजनी गरेको आरोपको कडा शब्दमा खण्डन गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै उनले आफुविरुद्ध भ्रामक प्रचार गरिएको दाबी गरेका हुन् । अभिनेता बस्नेतले लेखेका छन्, “मैले कतै पनि ढुंगा हानेको वा आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु।”

उनले आफुमाथि लागेको आरोपको छानबिन गर्न समेत माग गर्दै भनेका छन्, “प्रमाण खोज्दा म ढुङ्गा हान्दै थिएँ कि रोक्दै थिएँ, स्पष्ट हुन्छ। त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु ।”

यद्यपि, उनले आफु आन्दोलनमा सहभागी भएको र भ्रष्टाचारविरुद्ध आवाज उठाएको कुरा भने स्वीकार गरेका छन्। “म आन्दोलनमा गएको हो। भ्रष्टाचारको विरोध गरेको हो,” उनले भनेका छन् । उनले आन्दोलनका क्रममा आफुसँग फोटो र भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएको पनि उल्लेख गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend