बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

प्रधानमन्त्रीको प्रस्ताव: राष्ट्रपतिले संवादको बाटो खोलेपछि अब राजनीतिक दल र ‘जेन-जी’ युवाबीच छलफल गरौँ

प्रधानमन्त्रीको प्रस्ताव: राष्ट्रपतिले संवादको बाटो खोलेपछि अब राजनीतिक दल र ‘जेन-जी’ युवाबीच छलफल गरौँ

31
Shares
31
Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अब मुलुकमा देखिएका राजनीतिक गतिरोध अन्त्य गरी निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका नेताहरू र ‘जेन-जी’ (Gen-Z) युवाहरूबीच संवाद हुनुपर्ने प्रस्ताव गरेकी छन् ।

मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले यस्तो धारणा राखेकी हुन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलले संवादको ढोका खोलिदिएकाले अब त्यसलाई अगाडि बढाउनुपर्ने बताइन्। उनले सुरुवाती चरणमा जेन-जी युवाहरूले राजनीतिक दलहरूसँग संवाद गर्न खासै रुचि नदेखाएको पनि उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेन-जी र दलहरू बसौँ। जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ । चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौँ ।”

छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरूले भने प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूले व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाइन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend