बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

इलामका बाढीपीडितलाई पाकिस्तानी दुतावासद्वारा राहत वितरण

इलामका बाढीपीडितलाई पाकिस्तानी दुतावासद्वारा राहत वितरण

41
Shares
41
Shares

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दुतावासले नेपाल–पाकिस्तान युवा परिषद्सँगको सहकार्यमा इलामका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।

दूतावासका अनुसार, नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अब्रार एच. हाश्मी, प्रथम सचिव मोहम्मद हारुन रसिद र युवा परिषद्सका संयोजक ऋचुमणि लुइटेलले माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका बाढी प्रभावित परिवारलाई भेटेर सामग्री वितरण गर्नुभएको हो।

माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाममा आयोजित कार्यक्रममा राजदूत हाश्मीले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै यो राहत सामग्री पाकिस्तानका जनताको तर्फबाट प्रेमको प्रतीक भएको बताउनुभयो। उहाँले नेपाल-पाकिस्तान मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

छात्रवृत्तिको घोषणा
यसै अवसरमा, राजदूत हाश्मीले इलामका बाढीपीडित छात्रछात्राका लागि पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्रामअन्तर्गत एमबीबीएस, बिडिएस र फार्मेसी कार्यक्रमका लागि चारवटा तथा उच्च माध्यमिक तहका अध्ययनका लागि ५० वटा छात्रवृत्ति नेपाल–पाकिस्तान युवा परिषद्मार्फत उपलब्ध गराउने घोषणा गर्नुभयो।

यसअघि, राजदुत हाश्मीले विराटनगरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय रिवती भण्डारीसँग भेट गरी बाढी प्रभावित जनताप्रति पाकिस्तान सरकारको तर्फबाट समवेदना व्यक्त गर्नुभएको थियो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend