बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

‘भागेका’ भनिएका पुर्वमन्त्री दीपक खड्का जलेको घरमै सार्वजनिक

‘भागेका’ भनिएका पुर्वमन्त्री दीपक खड्का जलेको घरमै सार्वजनिक

41
Shares
41
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘अमेरिका भागेको’ भनी दाबी गरेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आफ्नो क्षतिग्रस्त घरमा सार्वजनिक भएका छन् ।

पुर्वमन्त्री खड्का हाल बुढानीलकण्ठस्थित आन्दोलनकारीले जलाइदिएको आफ्नै घरमा पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेका छन् । यसअघि गृहमन्त्री अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि खड्का देश छाडेर भागेको दाबी गरेका थिए ।

गृहमन्त्री अर्यालले एक अन्तर्वार्ताका क्रममा भनेका थिए, “तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ ।” गृहमन्त्रीको यही दाबी सार्वजनिक भएपछि खड्का आफ्नो जलेको घरमा उपस्थित भएका हुन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend