काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीर आज (सोमबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ ।
जोशीको शव काठमाडौं ल्याइएसँगै विमानस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम सुरु भएको छ । उनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका छन् ।
जोशीको पार्थिव शरीर आजै उनको गृहजिल्ला कञ्चनपुरको भीमदत्तनगरपालिकास्थित घरतर्फ लैजाने तयारी गरिएको छ । उनको अन्तिम दाहसंस्कार कञ्चनपुरमै गरिने बताइएको छ ।
कञ्चनपुरका जोशी अध्ययनका क्रममा इजरायल पुगेका थिए । उनलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो । घटनापछि उनको अवस्था लामो समयसम्म अज्ञात रहे पनि गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्युको पुष्टि गरेका थिए ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend