बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहित उच्च पदस्थबाट श्रद्धाञ्जली

इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहित उच्च पदस्थबाट श्रद्धाञ्जली

44
Shares
44
Shares

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

आज (सोमबार) बिहानै जोशीको शव इजरायलबाट काठमाडौंस्थित विमानस्थल आइपुगेको थियो। उनको सम्मानमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री, विभिन्न मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो।

श्रद्धाञ्जलीपछि जोशीको पार्थिव शरीर आजै उनको गृहजिल्ला कञ्चनपुरको भीमदत्तनगरपालिकास्थित घरतर्फ लैजाने तयारी गरिएको छ। उनको अन्तिम संस्कार कञ्चनपुरमै गरिने बताइएको छ।

अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो। त्यस घटनापछि उनको अवस्था अज्ञात रहे पनि गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्युको पुष्टि गरेका थिए।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend