बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

इजरायल आक्रमणमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने

इजरायल आक्रमणमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने

51
Shares
51
Shares

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका कञ्चनपुर, भीमदत्त नगरपालिकाका विपिन जोशीको परिवारलाई पनि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

प्रदेश सरकारले मानविय सहायता स्वरूप जोशीको परिवारलाई दुई लाख रुपैयाँ दिने जनाएको हो। मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार, गत असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिनेछ। सो बैठकले हमासको आक्रमणमा ज्यान गुमाएका सबै नेपाली विद्यार्थीका परिवारलाई जनही दुई/दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

निर्णयअनुसार, सो समयमा मृतक पुष्टि भएका सात जना विद्यार्थीका परिवारलाई प्रदेश सरकारले सहयोग रकमको चेक हस्तान्तरण गरिसकेको थियो। तर, उक्त समयमा विपिन जोशीको अवस्था अज्ञात रहेकाले उनको परिवारलाई सहयोग हस्तान्तरण हुन सकेको थिएन। इजरायली अधिकारीहरूले जोशीको मृत्यु असोज २७ गते पुष्टि गरेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा इन्टर्न गर्न गएका १० जना नेपाली विद्यार्थीको सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो ।

मुख्यमन्त्री शाहले स्वर्गीय विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend