बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एक पैसा पनि भ्रष्टाचार गरेको छैन’: सम्पत्ति छानबिन गर्न एमाले अध्यक्ष ओलीको सम्पादकहरूलाई खुल्ला चुनौती

एक पैसा पनि भ्रष्टाचार गरेको छैन’: सम्पत्ति छानबिन गर्न एमाले अध्यक्ष ओलीको सम्पादकहरूलाई खुल्ला चुनौती

84
Shares
84
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आफ्नो सार्वजनिक जीवनमा एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गर्दै आफ्नो सम्पत्तिको छानबिन गर्न सम्पादकहरूलाई खुल्ला चुनौती दिनुभएको छ।

आइतबार सम्पादकहरूसँगको कुराकानीका क्रममा उहाँले आफुप्रति किन यति धेरै रिस उठेको हो भन्नेबारे अनभिज्ञता प्रकट गर्दै भ्रष्टाचारको आरोपलाई ठाडै अस्वीकार गर्नुभएको हो ।

‘मसँग किन रिस उठेको हो मलाई थाहा छैन । मैले एक पैसा भ्रष्टाचार गरिनँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईंहरू पनि एउटा टोली बनाएर छानबिन गर्नुस् न हो। अरूको सक्नुहुन्न भने केपी ओली एउटाको (सम्पत्ति छानबिन) गरिदिनुस् ।’

आफ्नो आर्थिक अवस्थाबारे बोल्दै ओलीले आफूसँग जलेको घरको कणबाहेक अरू कुनै सम्पत्ति नभएको जिकिर गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘मेरो डढेको घरको खरानीको कणकण हिसाब गर्नुपर्नेछ कति कमायो भनेर। किनकि त्योबाहेक अरू चिज छैन मसँग। ’

ओलीको यो अभिव्यक्ति खासगरी उहाँ प्रधानमन्त्री हुँदा भएका विभिन्न ठूला परियोजना र खरिद प्रकरणहरूमा भ्रष्टाचार भएको भनी प्रतिपक्षी दलहरू तथा सार्वजनिक वृत्तमा उठ्ने गरेका प्रश्नहरूको जवाफका रूपमा आएको बुझिएको छ। उहाँले आफ्नो सम्पत्तिको हिसाबकिताब जँचाउन आफू तयार रहेको सन्देश दिनुभएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend