बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता, १६ पुग्यो सङ्ख्या

प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता, १६ पुग्यो सङ्ख्या

42
Shares
42
Shares

काठमाडौँ । चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने क्रम जारी रहेको छ। आइतबार मात्रै यस विषयमा थप पाँच (५) वटा रिट दर्ता भएका छन् ।

यसअघि नै विभिन्न पक्षहरूबाट प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी ११ वटा रिट निवेदनहरू दर्ता भइसकेका थिए । आइतबार थप पाँच रिट दर्ता भएपछि अब सर्वोच्च अदालतमा यो विषयसँग सम्बन्धित रिट निवेदनहरूको कुल सङ्ख्या १६ पुगेको छ ।

सर्वोच्च अदालतले दर्ता भएका प्रधानमन्त्री नियुक्ति तथा संसद् विघटनसम्बन्धी सबै १६ वटै रिट निवेदनहरूको सुनुवाइ संवैधानिक इजलासमा गर्ने तयारी गरेको छ। अदालतले यी गम्भीर संवैधानिक प्रश्नहरूमाथि अब छिट्टै सुनुवाइ प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend