काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने स्पष्ट पार्नुभएको छ ।
आइतबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीका क्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीले कुनै पनि अवस्थामा आफुलाई धोका हुने गरी बयान नदिने अडान राख्नुभयो ।
‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जस–जसले जहाँ–जहाँ बनाउँदै हिँड्छ,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘जसले सोध्दै हिँड्छ, त्यहाँ–त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ?’ उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, ‘त्यस्ता काम केपी ओलीले गर्दैन। म कसैको लहड वा सोझोपनको फाइदा उठाउने प्रयासमा फस्ने छैन ।’
पुर्व प्रधानमन्त्री ओलीको यो भनाइ हालै गठन भएका वा भविष्यमा गठन हुनसक्ने विभिन्न छानबिन तथा न्यायिक आयोगहरूलाई लक्षित रहेको बुझिएको छ। यद्यपि, उहाँले कुन विशेष आयोगको सन्दर्भमा यस्तो भन्नुभएको हो भन्नेबारे थप खुलाउनु भएको छैन ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend