बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

पुर्वप्रधानमन्त्री देउवा दम्पतीलाई उपचारका लागि विदेश जान नरोक्ने सरकारी तयारी

पुर्वप्रधानमन्त्री देउवा दम्पतीलाई उपचारका लागि विदेश जान नरोक्ने सरकारी तयारी

94
Shares
94
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नीलाई उपचारका लागि विदेश जानबाट सरकारले नरोक्ने संकेत देखिएको छ ।

‘जेनजी आन्दोलन’ को क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा ठुलो मात्रामा नगद जलेको अवस्थामा भेटिएको घटनापछि सरकारले उहाँहरूलाई विदेश जानबाट रोक्न तयारी थालेको थियो ।

तर, पछिल्लो समय सो तयारीमा रोक लागेको छ । अनुसन्धान गर्ने सरकारी निकायहरूले देउवा दम्पतीलाई तत्काल विदेश जान रोक्नुपर्ने पर्याप्त आधार वा प्रमाण नभएको राय दिएका कारण प्रतिबन्ध लगाइहाल्ने अवस्था नरहेको एक मन्त्रीले बताएका छन् ।

देउवा ‘जेनजी आन्दोलन’ दमनमा प्रत्यक्ष सहभागी नभएको र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि भेटिएका प्रमाणहरू विदेश यात्रामा प्रतिबन्ध लगाउन पर्याप्त नभएको राय दिएकाले उहाँहरूलाई अहिले रोक्न उचित कारण नभएको सरकारी अधिकारीहरूको बुझाइ छ ।

यसअघि उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई भने विदेश जान रोक लगाइएको छ । तर, देउवा दम्पतीको हकमा भने अहिलेसम्म कुनै पनि संयन्त्रले सरकारलाई यस्तो सिफारिस नगरेको अध्यागमन स्रोतले जनाएको छ ।

यद्यपि, देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान भने जारी राखेको छ । विभागले जलेको घरमा भेटिएका डलर र नेपाली नोटका टुक्राहरूको मुचुल्का उठाएर आन्तरिक छानबिन गरिरहेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend