बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

चीन, अमेरिकासहित ११ देशका राजदुतहरूलाई सरकारले बोलायो फिर्ता

चीन, अमेरिकासहित ११ देशका राजदुतहरूलाई सरकारले बोलायो फिर्ता

85
Shares
85
Shares

काठमाडौँ । सरकारले चीन र अमेरिका लगायत विभिन्न ११ देशमा राजनीतिक नियुक्ति पाएका राजदुतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार फिर्ता बोलाइएका देशहरूमा चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापान रहेका छन् ।

फिर्ता बोलाइएका राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्कन भनिएको छ ।

फिर्ता बोलाइएका राजदुतहरू र उनीहरूले प्रतिनिधित्व गरिरहेका देशहरूको सुची निम्नानुसार छ:
अमेरिका: लोकदर्शन रेग्मी
चीन: कृष्णप्रसाद ओली
जर्मनी: शैल रुपाखेती
इजरायल: धनप्रसाद पण्डित
कतार: रमेशचन्द्र पौडेल
मलेसिया: नेत्रप्रसाद तिमिल्सिना
रुस: जंगबहादुर चौहान
साउदी अरब: नरेशविक्रम ढकाल
स्पेन: सनिल नेपाल
बेलायत: चन्द्रकुमार घिमिरे
जापान: दुर्गाबहादुर सुवेदी

Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend