बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

शिक्षामन्त्री महाबिर पुनद्वारा शिक्षा क्षेत्रमा चार महत्त्वपुर्ण पहल

शिक्षामन्त्री महाबिर पुनद्वारा शिक्षा क्षेत्रमा चार महत्त्वपुर्ण पहल

79
Shares
79
Shares

काठमाडौं— नेपालको शिक्षामन्त्री महाबिर पुनले आफ्नो कार्यकालमा गरिएका महत्त्वपुर्ण काम र छलफलबारे सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गरेका छन् । आफ्नो फेसबुक स्टाटसमा उनले शिक्षा मन्त्रालयतर्फ पछिल्लो समय अगाडि बढाइएका चार मुख्य कदमबारे जानकारी दिएका हुन् ।

शिक्षामन्त्री पुनका अनुसार, सन् २०६९ देखि सिटिभिटीईटीमा सम्बन्धनका लागि दर्ता भएका तर अहिलेसम्म निर्धारण नपाएका निवेदनहरुको छानबिन गर्न कार्यदल गठन गरिएको छ । उनले मंसिर महिना भित्र छानबिनको नतिजा सार्वजनिक गर्ने बताएको छन ।

त्यस्तै, नेपाल खुला विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रिक्त रहेका सिनेटर पदहरूमा राजनीतिक दबाब बिना योग्य व्यक्तिहरूको नियुक्ति गरिएको छ । सिनेटरहरू नहुँदा रोकिएका काम पुनः सञ्चालनमा ल्याइएको मन्त्री पुनले जनाएका छन् ।

शिक्षा मन्त्रालयअन्तर्गत रहेको विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याउने, त्यसअन्तर्गत नवप्रर्वतन, सूचना प्रविधि, जल तथा मौसम विज्ञानसम्बन्धी सम्पूर्ण काम स्वतन्त्र रूपमा सो मन्त्रालयमार्फत गर्न मिल्ने व्यवस्था गर्न छलफल अघि बढाइएको छ। यसले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रका काम थप व्यवस्थित भएर हुने मन्त्री पुनको विश्वास छ।

यसका साथै, विगतमा राजनीतिक भागबन्डा नमिलेर रिक्त रहँदै आएका विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा निष्पक्षता कायम गर्दै योग्य उम्मेदवार छनोट गरिने प्रक्रिया सुरु गरिएको पनि मन्त्री पुनले जानकारी दिएका छन्। यस प्रक्रियामा कुनै पनि सिफारिस या दबाब नचल्ने स्पष्ट पारिएको छ।

शिक्षामन्त्री महाबिर पुनद्वारा सार्वजनिक यी पहलहरूले शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पारदर्शिता, दक्षता र निष्पक्षता थप वृद्धि हुने अपेक्षा गरिएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend