मुंबई । महाभारतमा कर्णको भुमिका निभाएका चर्चित अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित रहेका धीरको बुधबार मुंबईमा निधन भएको हो।
सिने एन्ड टिभी आर्टिस्ट्स एसोसिएसन (CINTAA) ले पंकज धीरको निधनको पुष्टि गर्दै, “गहिरो दुःखका साथ जानकारी गराउँछौं कि हाम्रो ट्रस्टका पुर्व अध्यक्ष तथा CINTAA का पूर्व महासचिव श्री पंकज धीरको १५ अक्टोबर २०२५ मा निधन भएको छ। अन्त्येष्टि आज साँझ ४:३० बजे पवन हन्स, विले पार्ले (पश्चिम), मुंबईमा हुनेछ,” भन्ने वक्तव्य जारी गरेको छ।
महाभारतमा अर्जुनको भुमिका निभाएका अभिनेता अर्जुनले सामाजिक सञ्जालमार्फत शोक सन्देश व्यक्त गरेका छन् ।
पंकजका छोराका अभिनेता निकितिन धीरले इन्स्टाग्राममा भावुक सन्देश सार्वजनिक गर्दै, “जे आउँछ आउन देऊ, जे रहन्छ रहन देऊ, जे जान्छ जान देऊ। शिव भक्तका रूपमा ‘शिवार्पणम्’ भन्दै अगाडि बढ! उहाँले हेरचाह गर्नेछन् – तर गर्न निकै गाह्रो हुन्छ,” भनेका छन्। हालसम्म धेरैले उनी निकितिनको पोस्ट साझा गरेका छन्। निकितिन धीर अभिनेता शाहरुख खानको ‘चेन्नई एक्सप्रेस’, ऋतिक रोशनको ‘जोधा अकबर’, अक्षय कुमारको ‘सुर्यवंशी’ जस्ता फिल्ममा देखिएका छन्। निकितिनको विवाह ‘एक वीर स्त्री की कहानी – झाँसी की रानी’ की अभिनेत्री क्रतिकासँग भएको छ।
पंकज धीरले अभिनय यात्रा क्रममा धेरै भूमिका निभाए पनि महाभारतको कर्ण पात्रले उनलाई देशभरि परिचित बनाएको थियो। सन् २०२० मा SCREEN सँगको अन्तर्वार्तामा उनले भनेका थिए, “मानिसहरूले सालौं साल मलाई मन पराए, माया गरे। विद्यालयका इतिहास पुस्तकमा कर्णको प्रसंग आउँदा मेरो तस्बिर राख्छन्। मकै लागि बनाइएको मन्दिरमा आठ फिट अग्लो मेरो मूर्ति छ, जहाँ मानिसहरू पूजा गर्न जान्छन्। जब म त्यहाँ जान्छु, मानिसहरू ममाथि यति धेरै माया गर्छन्, यसले देखाउँछ कि उनीहरूले मलाई कर्णको रूपमा स्वीकार गरेका छन्।”
पंकज धीरले धेरै पटक महाभारतको अन्य संस्करणमा विभिन्न भूमिका गर्ने प्रस्ताव आए पनि उनले अस्वीकार गरेका थिए। उनका अनुसार, “मलाई अन्य संस्करणमा भुमिका खेल्न अनेकौं प्रस्ताव आएको थियो तर म त्यसमा गएन । म कर्ण खेलिसके, बस् त्यो नै मेरो लागि पर्याप्त हो। यो पैसाको विषय होइन। फ्यानको माया बेमानी नगर्न चाहन्छु,” उनले भनेका थिए।
महाभारत बाहेक, पंकज धीर ‘बादशाह’, ‘तुमको न भुल पाएंगे’, ‘जमिन’ जस्ता फिल्महरूमा समेत देखिएका थिए। उनले ‘ससुराल सिमर का’, ‘राजा कि आएगी बारात’ लगायतका टेलिभिजन शोहरूमा पनि अभिनय गरेका थिए ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend