बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

महरालाई सुन तस्करीमा ८ करोड बिगो दाबी, थुनछेक भोलि मात्रै हुने

महरालाई सुन तस्करीमा ८ करोड बिगो दाबी, थुनछेक भोलि मात्रै हुने

48
Shares
48
Shares

काठमाडौँ — पुर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आज दर्ता भएको मुद्दामा तीनवटा अभियोग दाबी गरिएको छ । संगठित अपराधसँगै भन्सार ऐन र सुन तस्करीसम्बन्धी अभियोग दाबी गरिएको छ । उनलाई संगठित अपराध ऐन अन्तर्गत हदैसम्मको कैद दाबी गरिएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार महराविरुद्धको मुद्दा आज दर्ता मात्र हुनेछ भने बयान र थुनछेक मंगलबार मात्र हुनेछ । मंगलबार थुनछेक बहसपछि धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्ने छ ।

जिल्लाले धरौटी मागे सो बराबर रकम बुझाएर महरा रिहा हुन पाउनेछन् नत्र थुनामा हुनेछन् । चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा महरा आइतबार पक्राउ परेका थिए । सुन तस्करी प्रकरणमा उनलाई यसअघि उन्मुक्ति दिइएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend