काठमाडौँ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को इन्डकल्याप भएको छ । जेठ २२ गतेबाट छायाकंन सुरु गरिएर उपत्यका भित्रका विभिन्न स्थानमा खिचिएको चलचित्रको छायाकंन २५ लगाएर सम्पन्न भएको हो ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । प्रतीक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानकोको यो डेब्यु सिनेमा हो ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
यो चलचित्रको थिम पोस्टर र फस्टलुक पोस्टर पहिल्यै सार्वजनिक भइसकेका छन् । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबिच एक बालिका उभिएकी थिइन् । जसमा बालिकाको कम्मरदेखि माथि सम्मको भाग देखाइएको थियो । उनको जुङरुङ्ग कपाल तथा विक्षिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।
यस्तै, छायाकंनकै क्रममा सार्वजनिक गरिएको पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल थिइन् । उक्त पोस्टरमा उनलाई बारमा देखाइएको छ । जहाँ औँलामा चुरोट च्यापेर बसेकी उनी तनावमा देखिएकी थिइन् ।
निर्माणपक्षले कलाकारको भूमिका र चलचित्रको कथाबारे प्रस्ट पारेको छैन । निर्देशक चौहानले बिस्तारै खुलाउँदै जाने बताएका छन् । ‘हामीले जे बनाउन खोजेका थियौँ, त्यसका लागि सफल भयौँ । अब पोस्ट-प्रडक्सनको काम अघि बढ्छ,‘ निर्देशक चौहानले भने ’कालाकारहरूको काम कथालाई जीवन्त बनाएको छ, हामी उत्साहित छौँ । दर्शकलाई हामीले राम्रो सिनेमा देखाउने छौँ ।’
‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रूपमा रमन ग्रे रहनेछन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।
यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend