काठमाडौं । नेकपा एमालेमा नेता महेश बस्नेतले गुण्डुको अपभ्रंश गरेको भन्दै पत्रकार किशोर श्रेष्ठ, राजिव खत्रीप्रति घृणा प्रकट गरेका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किशोर श्रेष्ठ, राजिव खत्री जस्ता पात्रहरु गुण्डुको फरक ढङ्गले व्याख्या गरेको भन्दै उनीहरुप्रति खेद प्रकट गरेका हुन् ।
‘हाम्रो अध्यक्षज्यूको घर जलाइयो । केही समय नेपाली सेनाले सुरक्षा गर्ने भन्ने बहानामा उहाँलाई राखियो । त्यसपछि उहाँ कहाँ जाने भन्ने थियो । गुण्डुबासीले उहाँलाई स्वागत गर्नुभयो । गुण्डुलाई कतिपय साथीहरु अपभ्रंश गरेका छन् । जनआस्थाका किशोर श्रेष्ठ, राजिव खत्री जस्ता पत्रकारहरुले गुण्डुको फरक ढङ्गले व्याख्या गरेर यसको अपव्याख्या गरेका छन् । म ति पात्रलगायत जसले गुण्डुको अपव्याख्या गरे तिनीहरुप्रति म घृणा प्रकट गर्दछु । खेद प्रकट गर्न चाहन्छु,’ उनले भने ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend