बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

कहीँ नभएको जात्रा हाँडीगाउँमा

कहीँ नभएको जात्रा हाँडीगाउँमा

36
Shares
36
Shares

काठमाडौँ । काठमाडौँमा वर्षेनी निकालिने ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ आज पनि निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ ।

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो । राजधानीको हाडीगाउँमा बुधवार गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको जात्रा मनाइएको हो । यही जात्राले गर्दा नै ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान नै बन्यो । यसलाई श्री चोकटे नारायण जात्रा पनि भनिन्छ भने यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवीकलादेखि मनाउँदै आइएको छ ।

कोजाग्रत पुर्णिमाको भोलिपल्ट मनाइने यो जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ । सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ ।

हाँडी गाउँका स्थानीय बासिन्दा रोहन प्रजापतिले यो जात्रा परापूर्व कालदेखि नै एउटा दिदीबहिनीको कथासँग जोडिएको बताए । उनले एकै समयमा सुत्केरी रहेका दिदीबहिनीको कथामा नारायण भगवानको प्रसंग समेत यो जात्रामा जोडिएको बताए ।

उनले भने, ‘यो जात्राको विशेषता भन्ने हो भने यो जात्रा परापुर्व कालदेखि नै एउटा दिदीबहिनीको कथासँग जोडिएको छ । किंवदन्ती अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए । उनीहरूको एकै समयमा सुत्केरी हुने समय थियो । दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिइनन् । जस कारण, दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकिनन् । यसको कारण खोज्दै जाँदा रिसाएका नारायण भगवान् हिमालमा तपस्या गरेर बसेका थिए । ती भगवानलाई प्रसन्न पार्न ‘कहीँ नभएको जात्रा’ गरेपछि मात्रै बहिनी सुत्केरी भएकी थिइन् भन्ने विश्वास रहेको छ ।’

हाँडी गाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend