बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

विपद् व्यवस्थापन परिषद्को बैठक आज बस्दै: राहत वितरण र सडक सञ्चालनसहित ९ एजेन्डामा छलफल

विपद् व्यवस्थापन परिषद्को बैठक आज बस्दै: राहत वितरण र सडक सञ्चालनसहित ९ एजेन्डामा छलफल

46
Shares
46
Shares

काठमाडौं । बाढीपहिरोबाट भएको ठुलो जनधनको क्षतिपछि राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।

९ मुख्य एजेन्डा के-के छन् ?
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा हालैको विपत्तिका विषयमा गहन छलफल हुनेछ। बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ वटा एजेन्डा तय गरिएका छन् ।

मुख्यतः निम्न विषयमा छलफल तथा निर्णय गर्ने तयारी छ:

विपद्मा भएको क्षतिप्रति दुःख व्यक्त गर्ने।
राहत वितरण गर्ने र सडक तथा अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्ने।
मृतक र बेपत्ताका परिवारलाई कानुनबमोजिम राहत उपलब्ध गराउने।
विपद्पश्चात फैलिन सक्ने महामारीजन्य रोगको व्यवस्थापन गर्ने।
विस्थापितहरूका लागि अस्थायी आवास निर्माण गर्ने।

गत असोज १७, १८ र १९ गतेको भारी वर्षासँगै आएको बाढीपहिरोले देशभर ठूलो क्षति पुर्‍याएको छ। यस विपत्तिमा परी ६० जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै मानवीय क्षति इलाम मा भएको छ। बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरूमा पनि करोडौँको क्षति पुगेको छ।

परिषद्को यो महत्त्वपुर्ण बैठकमा संघीय मन्त्रीहरू, सातै प्रदेशका मुख्यमन्त्रीहरू, तथा सुरक्षा र प्रशासनका उच्च पदाधिकारीहरू सहभागी हुँदैछन् । बैठकमा अर्थमन्त्री, ऊर्जा मन्त्री, गृह मन्त्री लगायत सात मन्त्रालयका मन्त्रीहरूलाई बोलाइएको छ ।  विज्ञ सदस्यको रूपमा पुर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृह मन्त्रालयका सचिव पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend