बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अविरल वर्षाका कारण इलाममा ठुलो पहिरो: १८ जनाको मृत्यु

अविरल वर्षाका कारण इलाममा ठुलो पहिरो: १८ जनाको मृत्यु

63
Shares
63
Shares

इलाम । अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको ठुलो पहिरोले पुरिएर १८ जनाको ज्यान गएको छ। यस घटनाले कोशी प्रदेशमा प्राकृतिक विपत्तिको गम्भीर असर देखाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले दिएको जानकारी अनुसार, इलाममा मात्रै १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पहिरोको सबैभन्दा ठुलो क्षति सुर्योदय नगरपालिकामा ५ जना, इलाम नगरपालिकामा ५, घोसगाउँमा ६ जना, माङसेबुङ गाउँपालिकामा १ र पाटी गाउँमा ३ जना देउमाई नगरपालिकामा ५, धारेमा १ र धुसुनीमा २ जना, फाकफोकथुम गाउँपालिकामा ३, रातमाटेमा १ जना भएको छ।

यसै गरी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दिएको जानकारीअनुसार, इलाम बाहेक प्रदेशका अन्य जिल्लाहरूमा पनि पहिरो र बाढीका कारण मानवीय क्षति भएको छ। उहाँका अनुसार उदयपुरमा १ जना र खोटाङमा १ जना गरी थप दुई जनाको मृत्यु भएको छ।

प्रदेशभरि जलमग्न र थप जोखिम
इलामका घटनासहित कोशी प्रदेशका धेरैजसो क्षेत्र जलमग्न भएका छन्। प्रदेशभरका बस्तीहरूमा बाढी, पहिरो र डुबानको समस्या बढेको छ।

मौसम विभागले अझै केही दिन वर्षा जारी रहने सम्भावना रहेको जनाएकाले मानवीय र भौतिक क्षतिको यो समस्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सुरक्षित स्थानमा रहन नागरिकहरूलाई सचेत गराएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend