बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

विपदमा राहत र उद्धारको निरन्तर अनुगमन: गृहमन्त्री अर्याल

विपदमा राहत र उद्धारको निरन्तर अनुगमन: गृहमन्त्री अर्याल

46
Shares
46
Shares

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल ले भारी वर्षाका कारण उत्पन्न विपद्को समयमा भइरहेका राहत तथा उद्धारका कार्यहरूको निरन्तर निगरानी र अनुगमन भइरहेको जानकारी दिनुभएको छ।

गृहमन्त्री अर्यालले विपद् जोखिम न्युनीकरणका लागि भएका तयारी र कार्यप्रगतिका बारेमा जानकारी दिन एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताउनुभएको हो ।

सन्देशमा उहाँले असोज १७ गते बेलुकीदेखि निरन्तर परिरहेको वर्षाको पूर्वानुमान गरी गृह मन्त्रालय र अन्तर्गतका निकायहरूले पहिलेदेखि नै सुचना जारी गरेर नागरिकहरूलाई सतर्क गराएको उल्लेख गर्नुभएको छ ।

उहाँले विपद्को सामनाका लागि भइरहेका तयारी तथा प्रतिकार्यबारे जानकारी गराउँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखहरूसँग समन्वय भइरहेको बताउनुभयो।

साथै, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRMA) लगायतका महत्त्वपुर्ण निकायहरूबीच निरन्तर समीक्षा बैठक गरेर आवश्यक कार्यहरू अगाडि बढाइएको पनि गृहमन्त्री अर्यालले स्पष्ट पार्नुभएको छ।

उहाँले अहिले विपद्का क्रममा हुने मानवीय तथा भौतिक क्षतिको न्यूनीकरण र प्रभावितहरूलाई तत्काल राहत एवं उद्धार पुर्‍याउने कार्यमा मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend