बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

दशैंको चहलपहल: एकैदिन १ लाख ११ हजार मानिसले छाडे काठमाडौं उपत्यका

दशैंको चहलपहल: एकैदिन १ लाख ११ हजार मानिसले छाडे काठमाडौं उपत्यका

43
Shares
43
Shares

काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या अत्यधिक बढेको छ । घटस्थापनाको दिनदेखि आइतबार अपराह्नसम्मको तथ्याङ्कअनुसार, उपत्यका छाड्ने मानिसको सङ्ख्या ४ लाख ६७ हजार पुगेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस क्रममा, आइतबार एकैदिन मात्र १ लाख ११ हजार मानिसले काठमाडौं उपत्यका छोडेका छन् ।

यात्रुहरूको यस चापसँगै, मुख्य सडकहरूमा ट्राफिक जामको समस्या देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा भएको जामले गर्दा यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भइरहेको बताएका छन्। अध्यक्ष स्वारका अनुसार, घटस्थापना यता उपत्यकाबाट बाहिरिने सर्वसाधारणको कुल सङ्ख्या ८ लाख पुगिसकेको छ ।

उनले सहज रूपमा यातायातका साधन सञ्चालनका लागि ट्राफिक प्रहरीलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको जानकारी दिए । यता, ट्राफिक प्रहरीले पनि चाडपर्वका बेला यात्रुहरूको निर्वाध यात्राका लागि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर व्यवस्था मिलाइएको जनाएको छ । चाडपर्वका लागि आफ्नो घरतर्फ जानेहरूको यो भीड अझै केही दिन बढ्ने सम्भावना छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend