बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

देउवाका सासुससुराको घरमा सीआईबीको छापा

देउवाका सासुससुराको घरमा सीआईबीको छापा

54
Shares
54
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ।

आइतबार, सीआईबीले देउवाका साला भुषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा छापा मारेको हो । भुषण राणा देउवाकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन्।

छापा मार्दा भुषण राणा भने घरमा उपस्थित थिएनन्, तर उनका बुवाआमा भने घरमै थिए। प्रहरीले ललितपुर महानगरपालिका–४ मा पर्ने उनीहरूको घरमा छुट्टाछुट्टै छापा मारेको थियो।

सीआईबीका अधिकारीहरूले दिएको जानकारीअनुसार, शंकास्पद नगद वा कागजात रहेको सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। तर, खोजतलासका क्रममा प्रहरीले कुनै पनि शंकास्पद वस्तु फेला पार्न सकेन ।

सीआईबीका एक प्रहरी अधिकारीले भने, ‘भुषण राणा घरमा हुनुहुँदैन थियो । उहाँको बुवाआमा बस्ने घरमा पनि केही भेटिएन ।’ सीआईबीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का समेत उठाएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend