बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ताप्लेजुङका निमा छिरिङ शेर्पाले बनाए नयाँ कीर्तिमान: १६ वर्षमै मनास्लुको सफल आरोहण

ताप्लेजुङका निमा छिरिङ शेर्पाले बनाए नयाँ कीर्तिमान: १६ वर्षमै मनास्लुको सफल आरोहण

74
Shares
74
Shares

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेपका निमा छिरिङ शेर्पाले १६ वर्ष चार महिना १८ दिनको उमेरमा गोरखामा रहेको ८,१६३ मिटर उचाइको मनास्लु हिमालको सफल आरोहण गरेका छन् । यो आरोहणसँगै निमा छिरिङ सबैभन्दा कम उमेरमा मनास्लु हिमाल आरोहण गर्ने किशोर बनेका छन्।

इलाइट ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्धक तथा गिनिज बुकमा नाम लेखाएका मिङमा डेभिड शेर्पाका अनुसार, निमा छिरिङले यसअघिको कीर्तिमान तोडेका हुन् । यसअघि, सङ्खुवासभाका निमारिञ्जि शेर्पाले १६ वर्ष पाँच महिना १२ दिनको उमेरमा मनास्लु आरोहण गरी कीर्तिमान बनाएका थिए । मिङमा डेभिडका सहोदर भतिजोसमेत रहेका निमा छिरिङले आइतबार बिहान मनास्लुको सफल आरोहण गरेर त्यो कीर्तिमान भङ्ग गरेका छन् ।

तस्बिर सौजन्य : इलाइट कम्पनी

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend